२०८२ भाद्र २५ गते बुधवार
महोत्तरी। २१ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका १० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ ।
थिङले ती महिलालाई बर्दिबास नगरपालिका १० खैरबनास्थित खैरबना झोरा खोला छेउको जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij