Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नर्भिक अस्पतालमा प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य परीक्षण, कस्तो आयो रिपोर्ट ?

नर्भिक अस्पतालमा प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य परीक्षण, कस्तो आयो रिपोर्ट ?


  • 4.4K
    Shares

    नर्भिक अस्पतालमा प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य परीक्षण, कस्तो आयो रिपोर्ट ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री दाहालको सोमबार दिउँसो पूर्ण स्वास्थ्य परीक्षण गरिएको नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । करिब डेढघण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले जनाएको छ । 

    अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए । 

    यसैबीच प्रधानमन्त्री पत्नी सीता दाहालको पनि नर्भिकमा फलोअप चेकजाँच भएको छ । उनलाई चेकजाँच पछि सोमबार नै निवास लगिएको थियो । 

    सीता दाहालको स्वास्थ्य अवस्था जटिल रहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।

    prachanda report.webp

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - ११:५७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij