Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?


  • 3.1K
    Shares

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

     

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । महासंघले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य ३०० र चाँदीको मूल्य ५ रुपैयाँ प्रतितोलाले बढेको जनाएको हो ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ तोकिएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ तोकिएको थियो ।

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १०:५७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij