२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उक्त कुराको जानकारी दिएका हुन् । उनले लेखेका छन्–‘भोलिबाट नयाँ यात्राको सुरुवात गर्दछौं । विस्तृतमा भोलि बिहान ११:४५ बजेपछि विभिन्न माध्यमबाट जानकारी गराउँछौं ।’
‘नयाँ यात्राको सुरुवात’ अंकित तस्बिरसहित रविले उक्त स्टाटस लेखेका हुन् । सञ्चारकर्मी लामिछानेले भोलि नयाँ टेलिभिजन कार्यक्रमका साथै नयाँ टेलिभिजन च्यानल (ग्यालेक्सी टेलिभिजन) कै घोषणा गर्ने सम्भावना छ । लामिछानेका निकटमा रहेका सहकर्मीका अनुसार लामिछानेको टिमले भोलिदेखि नयाँ यात्रा अर्थात नयाँ टेलिभिजन च्यानलकै घोषणा गर्न लागेको हो ।
भोलि पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ च्यानलका साथै नयाँ कार्यक्रमका बारेमा जानकारी गराइने छ । यसअघि सञ्चारकर्मी लामिछानेले गत माघ ८ विहिवारका दिन आफ्नो लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनता’ संगको अन्तिम इपिसोड चलाएर विदा लिने क्रममै आगामी वैशाखदेखि आफ्नो नयाँ टेलिभिजन च्यानल प्रसारण हुने संकेत दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij