Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँ छ कारोबार ?

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँ छ कारोबार ?


  • 2.4K
    Shares

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँ छ कारोबार ?

    काठमाडौँ । बिहीबार घटेर कारोबार भएको सुनचाँदी शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर कारोबार हुने भएको हो ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ थियो भने शुक्रबार बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँ बढेको महासङ्घले जनाएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेकोमा यो दिन बढेर १ हजार ४ सय ५५ रुपैयाँ पुगेको छ । 

     

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १०:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij