Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कृषि बिमालेख : सरकारले बिमा कम्पनीहरूलाई पहिलो चरणमा ७२ करोड दिने, बाँकी बक्यौता के होला ?

कृषि बिमालेख : सरकारले बिमा कम्पनीहरूलाई पहिलो चरणमा ७२ करोड दिने, बाँकी बक्यौता के होला ?


  • 2.5K
    Shares

    कृषि बिमालेख : सरकारले बिमा कम्पनीहरूलाई पहिलो चरणमा ७२ करोड दिने, बाँकी बक्यौता के होला ?

    काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी बीमाको अनुदान रकम भुक्तानी गर्ने भएको छ । बीमा कम्पनीहरूसँगको पटक–पटकको छलफलपछि सरकारले बाँकी रहेको करिब ३ अर्ब रुपैयाँमध्ये ७२ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्ने भएको हो । कृषि बीमाको अनुदान नदिएको भन्दै निर्जीबन बिमा कम्पनीहरूले जेठ ७ गतेदेखि कृषिसम्बन्धी बिमा पोलिसी र दाबी भुक्तानी बन्द गरेको थियो । 

    नेपाल बिमक सङ्घ र कृषि मन्त्रालयका पदाधिकारीहरूबिचको बैठकमा सरकार कृषि बिमाबापतको अनुदान रकम बीमा कम्पनीहरूलाई भुक्तानीका लागि सहमत भएको हो । 

    सरकारले पहिलो चरणमा ७२ करोड रुपैयाँ भुक्तानी दिने सहमति गरेको सङ्घले जनाएको छ । बाँकी दाबी भुक्तानीबारे बिमक सङ्घ, प्राधिकरण र सरकारसँग पुनः छलफलपछि निर्णय हुने सङ्घले जानकारी दिएको छ । 

    सङ्घका अनुसार माछाको अनुदान रकम २०७७ सालदेखि नै बाँकी छ भने बाली बिमाको अनुदान रकम २०७८ असोजदेखि चैत्र मसान्तसम्म आंशिक मात्रै दिइएको छ । त्यस्तै, पशुपन्छी बिमाको अनुदान रकम २०७८ असोजदेखि नै बाँकी रहेको छ ।

    सो अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बिमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा प्राप्त नभएको बताउँदै सङ्घले कृषिसम्बन्धी बिमा पोलिसी र दाबी भुक्तानी बन्द गरेको जनाएको थियो । 

    सरकारले २०६९ माघ १ गतेदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बिमा शुल्कमा क्रमशः अनुदान दिदैँ आएको छ ।

    विगत १० वर्षदेखि बिमा कम्पनीहरूले नियामक निकाय नेपाल बिमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बिमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दावी भुक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतयाः एक वर्ष पश्चात मात्र प्राप्त हुने गरेको छ । 

     

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - १६:५४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij