Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे लुम्बिनी केबलकार

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे लुम्बिनी केबलकार


  • 2.2K
    Shares

    प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे लुम्बिनी केबलकार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। बिहीबार बुटवल पुगेर प्रधानमन्त्री दाहालले केबलकार उद्घाटन गरेका हुन्। आइएमई समूहको लगानीमा २४ गोन्डुला रहेको यो केबलकार बनाइएको हो।

    केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म करिब ३ किमी दूरीको छ। केबलकार आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।

    लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए भारतको गोरखपुर, लखनउ लगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने  संभावना देखेर केबलकारमा लगानी गरिएको उनले बताए। 

    केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ। 

    आइएमई समूहले यसअघि नवलपुरको मौलाकालिका र काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार सञ्चालनमा ल्याएको थियो। 

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - १०:३३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij