२०८२ भाद्र ३ गते मंगलवार
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो कारोबार दिन प्रतितोला २ सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला २ सय रुपैयाँ नै घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij