२०८२ भाद्र २ गते सोमवार
आज सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij