२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत पुगेका छन् ।
सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको परिवारलाई समवेदना दिन प्रचण्ड सुर्खेत पुगेका हुन् । सुर्खेत विमानस्थलमा ओर्ले लगत्तै प्रचण्ड सुर्खेत अस्पतालका निर्देशक डा। डम्बर खड्काको घर पुगेका छन् ।
प्रचण्डको साथमा उपप्रधान तथा रक्षामन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउँद र नेकपा एसका सम्मानित नेता झलनाथ खनालपनि सहभागी छन् ।
५३ वर्षीया सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मङ्गलवार बेलुका साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij