Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अब स्मार्टफोनबाटै युट्युबमा ‘फोरके’ भिडियो हेर्न सकिने, यस्ता छन् सुविधा

अब स्मार्टफोनबाटै युट्युबमा ‘फोरके’ भिडियो हेर्न सकिने, यस्ता छन् सुविधा


  • 7.7K
    Shares

    अब स्मार्टफोनबाटै युट्युबमा ‘फोरके’ भिडियो हेर्न सकिने, यस्ता छन् सुविधा

    काठमाडौं । अब युट्युब प्रयोगकर्ताले स्मार्टफोनमा फोरके भिडियो हेर्न पाउने भएका छन् । युट्युबको नयाँ फिचरमा फोरके भिडियो हेर्न मिल्ने सुविधा थप गरिएको छ ।

    विभिन्न रिपोर्टका अनुसार अब फोरके सपोर्ट नगर्ने डिभाइसमा पनि ६० फ्रेम प्रतिसेकेन्ड एचडीआर सहितको फोरके भिडियो हेर्न सकिनेछ ।

    आजसम्म मोबाइल प्रयोगकर्ताले फुल एचडीमा १०८० पी मा मात्र भिडियो हेर्न पाएका थिए । अहिलेसम्म बजारमा आएका अधिंकाश स्मार्टफोनमा फूल एचडीको भिडियो हेर्ने सुविधा छ ।

    युट्युबको वेब भर्सनमा भने फोरके भिडियो हेर्ने सुविधा पहिलेदेखि नै दिइएको छ । स्मार्टफोन डिभाइसका लागि सर्भर साइड अपडेट गरेर फोरके हेर्न मिल्ने सुविधा दिन लागिएको हो ।

     

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १४:१२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij