Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला, न्यूनतम मूल्य कति ?

कुमारी बैंकको १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला, न्यूनतम मूल्य कति ?


  • 2.9K
    Shares

    कुमारी बैंकको १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला, न्यूनतम मूल्य कति ?

    कुमारी बैंक लिमिटेडले आज जेठ २२ गतेबाट संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता शेयर विक्री गर्न लागेको हो ।

    उक्त शेयरमा न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ । शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

    बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । ईच्छुक लगानीकर्ताले आवेदन धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा जेठ २९ गते सम्म आवेदन दिन सक्नेछन् ।

     

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १५:१२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij