Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत, अब काठमाडौँले वर्षामा पनि खानेपानी पाउने

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत, अब काठमाडौँले वर्षामा पनि खानेपानी पाउने


  • 2.0K
    Shares

    मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत, अब काठमाडौँले वर्षामा पनि खानेपानी पाउने
    images

    काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । 

    मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिलो पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि गेट मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ ।

    प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङ भित्र पठाउने र गेट नम्बर ९ ले फ्लस गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन ।”

    आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो । पानी पथान्तरणको काम ‘हेडवर्क्स’ ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणलीमार्फत पथान्तरण भइरहेको छ । 

    गत मङ्गलवारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो । गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउन नहुने भएकाले विस्तारै बढाउँदै लगिएको समितिका प्रवक्ता पन्तले बताए । उनले शुरुमा एक तिहाइ र त्यसपछि दुई तिहाइ गर्दै पूरा क्षमतामा पानी ल्याउने गरी मिलाइएको जानकारी दिए ।

    उपत्यकामा पहिलोपटक मेलम्चीको पानी वि.सं २०७७ चैतमा ल्याइएको थियो । पहिलोपटक पानी ल्याइएको केही महीनामा नै असारमा लेदोसहित आएको बाढीका कारण त्यहाँको संरचनामा क्षति पुगेको थियो । जुन अहिलेसम्म पनि पुनःनिर्माण भइसकेको छैन ।

    गत दुई वर्ष पनि हिउँदमा मात्रै उपत्यकामा पानी ल्याइएको थियो । पानी पथान्तरणका लागि निर्माण गरिएको संरचना ‘हेडवर्क्स’मा क्षति भएपछि अहिले अस्थायीरुपमा पानी पथान्तरण गरेर ल्याइएको छ ।

    वर्षाको समयमा बाढी आउन सक्ने र यसले गर्दा सुरुङभित्र बाढी पस्ने जोखिम भएकाले गत वर्षहरुमा वर्षामा सुरुङ बन्द गरिएको थियो । यो वर्ष गेटको मर्मत गरेर सम्भव भएसम्म वर्षामा पनि पानी चलाउने समितिको योजना रहेको छ । 

    उपत्यकामा मेलम्चीको पानीका कारण हिउँदमा पानीको अभाव कम भएको छ । उपत्यकाको भित्री भागमा पहिले पानीको बढी समस्या रहेकामा अहिले भित्री भागमा नियमित पानी वितरण भइरहेको छ । चक्रपथ बाहिरका धेरै ठाउँमा भने वितरणका लागि पाइप बिच्छाउने काम भइरहेको छ । 

     

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १२:०२:१० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij