२०८२ भाद्र २ गते सोमवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सीमा समस्या समाधानका लागि आफूले प्रष्टताका साथ कुरा राखेको बताएका छन्।
यही जेठ १७ देखि १२ गतेसम्म भएको भारत भ्रमणबारे सोमबारको प्रतिनिधिसभाको बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
‘मैले भारत भ्रमणका क्रममा नरेन्द्र मोदीजीसँग सीमा समस्यासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भनेको छु’, उनले भने, ‘हाम्रो वार्तापछिको संयुक्त प्रेस मिटमा पनि मोदीजीले सीमा लगायत थाँती रहेका विषय समाधान गरिनेछ भन्नु भएको छ। मोदीजीले सीमाबारे लामो समयपछि स्पष्ट बोलेको यो पहिलो पटक हो।’
नेपाल-भारतबीच रहेका सीमाबाहेक डुबान समस्यबारे पनि आफूले कुरा राखेको बताए। प्रचण्डले यही मनसुनअघि नै डुबान रोक्ने उपायबारे दुई देशका संयन्त्रले विकल्प खोज्ने पनि उनले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij