२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुनचाँदी दुवैको मूल्य स्थिर रहेको जनाएको हो ।
महासङ्घको आज पनि आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने भएको छ । आज, छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदीको भाउ पनि आज स्थिर रहेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार हुने भएको छ । आइतबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij