Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले आज प्रतिपक्षले उठाएको विषयमा जवाफ दिने

भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले आज प्रतिपक्षले उठाएको विषयमा जवाफ दिने


  • 2.1K
    Shares

    भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले आज प्रतिपक्षले उठाएको विषयमा जवाफ दिने

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ सोमबार प्रतिनिधि सभाको बैठकमा उनले हालै गरेको भारत भ्रमणबारे प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

    उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्नसमेत आग्रह गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठक अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्री दाहालसँग टेलिफोन संवाद गरेर सो आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

    ‘सदनको अवरोध हटाउने विषयमा सभामुखले सबैसँग कुराकानी गर्नुभएको छ, अवरुद्ध हुनेबित्तिकै त्यहीँबाट उहाँले प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको थियो,’ उनले भने, ‘नागरिकताको विषयमा साँझ अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि पनि कुराकानी भयो। प्रधानमन्त्रीले आज सदनमा बोल्छु भन्नुभएको छ।’

    सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षी दलहरूलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका छन्। भारत भ्रमण जानु अघि नागरिकता विधयेक प्रमाणीकरण गरेको तथा सीमा विवाद मिलाउनका लागि ब‌‌गलादेशसँग पुग्ने भूमि दिए भारतसँग कालापानी साटन मन्जुर रहेको आशयको अभिव्यक्ति दिए पछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै आइतबार सदन अवरुद्ध गरेका थिए।

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - ०९:०३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij