२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । सार्वजनिक यातायातमा पाकेटमारी गरेर भाग्दै गरेको अवस्थामा काठमाडौँको गोगंबुबाट दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ बन्दीपुर गाउँपालिका ५ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका ५ घर भई हाल काठमाडौँ महानगरपालिका २६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् ।
सार्वजनिक यातायातमा सवार एकजना पीडितको साथबाट नगद ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij