Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री प्रचण्डले उज्जैनको महाकालमा १०८ किलो रूद्राक्षले पूजा गर्ने

प्रधानमन्त्री प्रचण्डले उज्जैनको महाकालमा १०८ किलो रूद्राक्षले पूजा गर्ने


  • 2.1K
    Shares

    प्रधानमन्त्री प्रचण्डले उज्जैनको महाकालमा १०८ किलो रूद्राक्षले पूजा गर्ने

    प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे उज्जैनको महाकाल मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् ।

    काठमांडूबाट ल्याएको विशिष्ट प्रकारको १०८ किलो रूद्राक्षले पूजा अर्चना गर्ने कार्यक्रम गर्ने नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाईएको छ ।

    यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ । मध्य प्रदेश स्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - ०४:५२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij