२०८२ भाद्र ३ गते मंगलवार
दाङ। दाङ घोराहीको एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बिहीबार मध्याह्न १२ बजे घोराही-१५ स्थित बन्जाडे इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागी भएको एक घण्टाभित्रै स्थानीय, सेना प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिएको हो।
आगलागीबाट इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij