Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

महोत्तरीमा खेतबाट सैजन ल्याएको विषयलाई लिएर झगडा हुँदा एक जनाको मृत्यु

महोत्तरीमा खेतबाट सैजन ल्याएको विषयलाई लिएर झगडा हुँदा एक जनाको मृत्यु


  • 3.2K
    Shares

    महोत्तरीमा खेतबाट सैजन ल्याएको विषयलाई लिएर झगडा हुँदा एक जनाको मृत्यु

    जनकपुरधाम । महोत्तरीम झगडाका क्रममा कुटपिट हुँद एक जनाको मत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका(१० वटौवाका ५५ बर्षीय छविलाल मण्डलको कुटपिटबाट मृत्यु भएको हो ।

    गत मंगलबार दिउँसो खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल र स्थानीय २५ बर्षीय विशाल महतो र २५ बर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । त्यसक्रममा निधार र छातीमा चोट लागेर छविलाल गम्भीर घाइते भएका थिए ।

    उनको उपचारको क्रममा बुधबार साढे तीन बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

    कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - १०:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij