Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रचण्ड गएकै दिन रास्वपा सभापति रवि लामिछाने पनि भारत प्रस्थान

प्रचण्ड गएकै दिन रास्वपा सभापति रवि लामिछाने पनि भारत प्रस्थान


  • 4.7K
    Shares

    प्रचण्ड गएकै दिन रास्वपा सभापति रवि लामिछाने पनि भारत प्रस्थान

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत भ्रमणमा निस्किएका छन्। स्रोतका अनुसार रविले रास्वपाका नेताहरू रहेको मेसेन्जर ग्रुपमा मुम्बई गएको जानकारी दिएका छन्। उनी जहाजबाट गएका हुन्।

    रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्‍नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन्। बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जम्बो टोलीसहित चार दिने भ्रमणमा दिल्ली पुगिसकेका छन्। 

    रास्वपा स्रोतका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका रविले यो भ्रमणलाई व्यक्तिगत भनेका छन्। आफू भारत जाने भएपछि रविले संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन्।  

    रवि यसअघि गत पुस ११ गते प्रचण्ड नेतृत्वकै सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। तर, नागरिकता विवादमा उनले माघ १३ गते सबै पद गुमाएका थिए। त्यसपछि रास्वपा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको ४२ दिनपछि माघ २२ मा बाहिरिएको थियो।  

    प्रचण्ड भारत भ्रमणमा रहेका बेला श्रीमतीसहित रवि पनि त्यतै लागेपछि यसलाई राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १९:३८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij