Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनको सिक्री लुटेको आरोपमा जोरपाटीबाट युवक पक्राउ

सुनको सिक्री लुटेको आरोपमा जोरपाटीबाट युवक पक्राउ


  • 3.2K
    Shares

    सुनको सिक्री लुटेको आरोपमा जोरपाटीबाट युवक पक्राउ

    काठमाडौं।  सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका-१ देवीटार बस्‍ने ३० वर्षीय पाण्डे भन्‍ने विष्णु तामाङ रहेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो । तामाङलाई थप अनुसन्धानका लागि  प्रहरी वृत बानेश्वरमा पठाइएको  अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मिलन केसीले बताए ।

    तामाङले  काठमाडौं -३२ पेप्सीकोला गेटवे मोन्टेश्वरी स्कुल अगाडि पैदल हिडिरहेकी मध्‍यपुर ठिमी -७ बस्‍ने मनमाया छुजुले घाँटीमा लगाएको सुनको सिक्री पछाडिबाट लुटपाट गरेको प्रहरीको आरोप छ ।

     

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १६:०८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij