Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक शेयर विक्री खुला

कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक शेयर विक्री खुला


  • 2.1K
    Shares

    कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक शेयर विक्री खुला
    images

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ७१ हजार २६५ कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता ११० रुपैयाँ अंकित मूल्यमा जो कोही व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरीद गर्न ईच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

    ईच्छुक खरीदकर्ताहरूले जेठ २३ गतेभित्र विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा दिउँसो ३ बजेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १५:०८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij