Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यस्तो देखियो प्रचण्डको स्वागतमा दिल्लीको सडक

यस्तो देखियो प्रचण्डको स्वागतमा दिल्लीको सडक


  • 4.2K
    Shares

    यस्तो देखियो प्रचण्डको स्वागतमा दिल्लीको सडक

    नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको स्वागत’मा दिल्लीका सडकहरु सजाइएको छ । ‘प्रधानमन्त्री प्रचण्डलाई भारतमा स्वागत छ,’ लेखिएको फ्लेक्स सडकहरुमा सजाइएका हुन् ।

    प्रधानमन्त्रीको एकल र भारतीय समकक्षी मोदीसँगका छुट्टाछुट्टै तस्बिरहरु विमानस्थल, हैदराबाद हाउस, बाह्रखम्बा, अशोक रोडलगायतका प्रधानमन्त्रीको सवारीको रुटमा टाँगिएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै छन् ।  भारतीय र नेपाली पक्षले आवश्यक तयारी  पूरा भएको जनाएका छन्। आज अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । 

    न्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ । 

    प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् । 

    p 3 - Copy.JPG

    p 1.JPG

    p 2 - Copy.JPG

    p 4.JPG

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १२:३४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij