Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रेशमविरुद्धको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा

रेशमविरुद्धको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा


  • 2.1K
    Shares

    रेशमविरुद्धको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा

    काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीविरुद्ध दायर रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ।

    टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर चौधरीलाई सरकारले झन्डै १५ वर्ष कैद मिनाहा गर्दै आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ भट्टराईको इजलासमा परेको हो। पेशी २५ औँ नम्बरमा रहेकाले आज सुनुवाइ हुने सम्भावना भने कम छ।

    घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।

    हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो।तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - ११:०५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij