२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । भिमदत्त नगरपलिका ४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij