२०८२ भाद्र ३ गते मंगलवार
७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका ४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारु रहेका छन् । उनलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थारुले ती महिलालाई शुक्रवार पीडितकै घरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij