Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

२ करोड रूपैयाँ ठगी आरोपमा हुलाक कार्यालयका निमित्त प्रमुख पक्राउ

२ करोड रूपैयाँ ठगी आरोपमा हुलाक कार्यालयका निमित्त प्रमुख पक्राउ


  • 2.2K
    Shares

    २ करोड रूपैयाँ ठगी आरोपमा हुलाक कार्यालयका निमित्त प्रमुख पक्राउ

    बारा । बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ ।

    हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई शनिबार  नियन्त्रणमा लिएको हो ।  पर्साको बहादुरमाई गाँउपालिका २, घर भएका कुर्मी जिल्ला हुलाक कार्यालय कलैयाका प्रमुख हुन् ।

    बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जनाएका छन् ।  कुर्मीले जिल्ला हुलका बचत बैंक कलैयामा सेवाग्राहीले जम्मा गरेको रकम हिनामिना गरेको विषयमा सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका थिए । पक्राउ परेका कुर्मीलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताएका छन् । 

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - ११:१५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij