Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गुल्मीमा आगलागीबाट तीन वर्षमा ११७ घरगोठ जले, ११ जनाको मृत्यु

गुल्मीमा आगलागीबाट तीन वर्षमा ११७ घरगोठ जले, ११ जनाको मृत्यु


  • 2.3K
    Shares

    गुल्मीमा आगलागीबाट तीन वर्षमा  ११७ घरगोठ जले, ११ जनाको मृत्यु

    काठमाडौं । आगलागीबाट गुल्मीमा तीन वर्षमा ११७ घरगोठ जलेर नष्ट भएका छन्। जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन्।

    चालु आर्थिक वर्षको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ। गत आर्थिक वर्षमा ३१ घर र १५ गोठ एवं आर्थिक वर्ष २०७६/७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आगलागीबाट तीन वर्षमा तीन करोड ६० लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

    जिल्लामा तीन वर्षमा आगो निभाउने क्रममा ११ जनाको ज्यान गएको छ। जिल्लामा यो आर्थिक वर्षमा पाँच जनाले आगोबाट ज्यान गुमाएका छन्। वैशाख महिनामा मात्रै तीन जनाले आगोमा परेर ज्यान गुमाएका छन्। गत वर्ष चारजना र आर्थिक वर्ष २०७६/७७ मा दुई जनाको आगोमा जलेर मृत्यु भएको थियो।

    आगलागीका कारण तीन वर्षमा २० जना घाइते भएका छन्। यो आर्थिक वर्षको चैतसम्म १० जना, गत वर्ष सात र आर्थिक वर्ष २०७६/७७ मा तीन जना घाइते भएका छन्। आगलागीबाट पछिल्लो तीन वर्षमा ९६ पशुचौपायको मृत्यु भएको छ भने २७ पशुचौपाय घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। 

    गुल्मीमा यस वर्ष मात्रै ३९ सामुदायिक वनको छ सय १९ दशमलव पाँच हेक्टर क्षेत्रफलमा आगलागी भएको छ। जिल्लामा निजी वनमा समेत आगलागी भए पनि त्यसको भने कतै पनि तथ्याङ्क समावेश गरिएको छैन। जिल्लामा सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मुना शर्माले बताए सुक्खा मौसम र हावाहुरी एवं लाहापरवाहीका कारण जिल्लाका विभिन्न वनमा आगलागी हुँदै आएको छ।

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - ०९:२८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij