Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त ७ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त ७ वर्षपछि पक्राउ


  • 2.1K
    Shares

    ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त ७ वर्षपछि पक्राउ
    images

    झापा । झापामा ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्। 

    पक्राउ पर्नेमा झापा गाउँपालिका-३ निवासी ३९ वर्षीय भुपेन भन्ने रूपबहादुर राय रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

    झापा जिल्ला अदालत भद्रपुरको २०७३ असोज ११ गतेको फैसला अनुसार ज्यान मार्ने उद्योग मुद्दामा रायलाई ५ वर्ष कैद सजाय तोकेका थिए। 

    फरार रहेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो। 

    उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी रिजालले बताए।

    प्रकाशित मिति :जेठ १३ २०८० शनिवार - १३:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij