Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विराटनगरबाट ३६ केजी चाँदीसहित तीनजना पक्राउ

विराटनगरबाट ३६ केजी चाँदीसहित तीनजना पक्राउ


  • 2.1K
    Shares

    विराटनगरबाट ३६ केजी चाँदीसहित तीनजना पक्राउ

    विराटनगर– मोरङको विराटनगरबाट ३६.८ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ ।

    ३६ केजी चाँदीका विभिन्न गहनासहित विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र  २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

    उनीहरूको साथबाट आठ ग्राम सुन पनि बरामद गरिएको प्रहरीको भनाइ छ । विराटनगर क्षेत्रमा भएका सुनचाँदीका गरगहनाका चोरी घटनाको अनुसन्धानका क्रममा उनीहरु सुनचाँदीसहित पक्राउ परेका हुन् । 

    बरामद सुनचाँदीको मूल्य करिब ६१ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - १५:५५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij