Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौंबाट अवैध लागुऔषधसहित २ जना पक्राउ

काठमाडौंबाट अवैध लागुऔषधसहित २ जना पक्राउ


  • 2.2K
    Shares

    काठमाडौंबाट अवैध लागुऔषधसहित २ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय बिनायक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२/०४० प.८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

    यसैगरी काठमाडौं,चन्द्रागिरी नगरपालिका-२ स्थित देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका-१ बस्ने २६ वर्षीय विपिन मगर  पक्राउ परेका छन्। 

    प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

     

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - १५:२६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij