२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर तिवरण गरेको छ ।
कम्पनीले गत फागुन १३ गते छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो । जेठ ८ गतेदेखि शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालिएको जानकारी कम्पनीले दिएको हो । यस वर्ष कम्पनीले बोनस शेयर मात्र वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मर्जर प्रक्रिया पूरा गरी २०७८ साल भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् ।
आयकर ऐन, २०६३ को दफा ५६ को उपदफा (२) मा भएको व्यवस्थाअनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेकाले सो मितिपश्चात् कायम शेयरधनीहरूले भने बोनस शेयरको कर तिर्नुपर्ने भएको छ ।
कम्पनीले २० प्रतिशत बोनस शेयर कर तिर्नुपर्ने शेयरधनीहरूको बोनस शेयर कर रकम जम्मा गरेपछि मात्र हितग्राही खातामा जम्मा हुने बताएको छ । कम्पनीले चुक्तापुँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनसपछि चुक्तापूँजी ४९ करोड ७४ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij