२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको रौतहट स्थित चन्द्रपुर–४ शाखाका ग्राहकहरूको खाताबाट ९ लाख रुपैयाँ हराएको सम्बन्धमा बैंकले ध्यानआकर्षण भएको जनाएको छ । माछापुच्छ्रे बैंकका सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको विषयमा दुवै पक्षबीचको विवाद सहमतिमा पुगेको छ ।
सहमतिपछि पीडित भनिएका पक्षले विरोध स्थगित गरेको छ भने बैंकले शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ ।यसअघि आइतबार र सोमबार पीडित भनिएका सेवाग्राहीका आफन्तहरुले बैंक घेराउ गरी सेवा अवरुद्ध पारेका थिए । यस बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका पछिल्ला समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ्ग प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको छ ।
बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एस.एम. एस., एक्टिभेसन कोड तथा ओ.टी.पी. ग्राहक के मोबाइलमा गएको देखिएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुयाई उक्त कारोबार हुन नसक्ने देखिन्छ । यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध समेत गरिसकिएको जानकारी गराउन चाहन्छौं ।
ग्राहकहरूको बैंक खातामा रहेको बचत पूर्ण रूपमा सुरक्षित रहेको बैँकले जनाएको छ । तर, मोबाइल बैंकिङ्ग तथा अन्य डिजिटल सेवाहरुको प्रयोग गर्दा सावधानी अपनाउन ग्राहकहरुलाई विज्ञप्तीमार्फत अनुरोध गरेको छ । माछापुच्छ्रे बैंक सरल र सुरक्षित तरिकाले ग्राहकलाई सेवा प्रदान गर्न कटिबद्ध रहेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij