२०८२ माघ ८ गते बिहिवार
सरकारले विश्व बैंकबाट १५ अर्ब ८० करोड रुपैयाँ ऋण लिने भएको छ।
आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट १२ करोड अमेरिकी डलर (१५ अर्ब ८० करोड रुपैयाँ) अमेरिकी डलर ऋण सहयता स्वीकार गर्ने निर्णय गरेको हो। सरकारले उक्त ऋण विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि लिन लागेको हो।
मन्त्रिपरिषद्ले अमेरिकाले शिक्षा आयोजनाका लागि १ करोड ७० लाख (२ अर्ब ५९ करोड रुपैयाँ) अमेरिकी डलर सहायता स्वीकृत गरेको छ। जापानले मानव संशाधन विकास छात्रवृत्तिका लागि दिने ४१ करोड अनुदान पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
यसैगरी अर्थले पेस गरेको भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने र असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij