Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

महोत्तरीमा १०० केजी गाँजासहित २ जना पक्राउ

महोत्तरीमा १०० केजी गाँजासहित २ जना पक्राउ


  • 2.2K
    Shares

    महोत्तरीमा १०० केजी गाँजासहित २ जना पक्राउ

    महोत्तरी — महोत्तरीको अजमरपट्टीबाट अवैध गाँजासहित दुई जना पक्राउ परेका छन् । एकडारा गाँउपालिका-३ स्थित अजमरपट्टीमा गस्ती गरीरहेको प्रहरीले चेक गर्ने क्रममा प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकबाट १ सय केजी गाँजा फेला परेको महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

    ट्रकमा लुकाइछिपाइ गाँजा राखेको आरोपमा प्रहरीले चालक र सहचालक दुवैलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर भीमफेदी गाँउपालिका-१ का २९ वर्षीय रुपेश गोले र सहचालक सोही ठाउँका २६ वर्षका अनिल पाख्रिन रहेका प्रहरीले जनाएको छ ।

    ट्रक र पक्राउ परेका दुवैलाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा राखिएको गिरीले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १७:१४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij