Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९ जनाको उजुरी दर्ता

सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९ जनाको उजुरी दर्ता


  • 1.7K
    Shares

    सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९ जनाको उजुरी दर्ता
    images
    सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिए ।
     
    वैशाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरब्याजी पीडितले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
     
    प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध आ–आफ्नो यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएकोमा उजुरी दिने समयसीमाभित्र दुई सय ४९ जनाको जिल्ला प्रशासन कार्यालयमा आएको पाण्डेले बताइन् ।
     
    सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ४९ उजुरी परेको प्रशासनले जनाएको छ । यस्तै, दुईजना प्रतिनिधिविरुद्व पनि उजुरी परेको प्रशासनले जनाएको छ ।
     
    प्रशासनका अनुसार इनरुवा नगरपालिका ६ का वडाध्यक्ष सुमन थापा र कोसी गाउँपालिका १ का वडाध्यक्ष सोभितनारायण यादव विरुद्व उजुरी आएको र त्यसमा आवश्यक कारबाहीको माग गर्दै उजुरी आएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् ।
     
    प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षहरूबीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १५:११:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij