Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको ३ लाख १६ हजार कित्ता सेयर लिलामीमा खुल्यो,न्यूनतम मूल्य कति ?

कुमारी बैंकको ३ लाख १६ हजार कित्ता सेयर लिलामीमा खुल्यो,न्यूनतम मूल्य कति ?


  • 2.3K
    Shares

    कुमारी बैंकको ३ लाख १६ हजार कित्ता सेयर लिलामीमा खुल्यो,न्यूनतम मूल्य कति ?

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ३ लाख १६ हजार १४० बढी कित्ता संस्थापक शेयर जेठ ८ गते अर्थात आज देखि विक्री खुला गरेको हो ।

    यस लिलामी शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

    संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र अर्थात असार १० गते सम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यसका लागि संस्थापक शेयरधनीहरुले काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केटमा आफूले लिन चाहेको शेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ ।

     

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १७:२४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij