Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको नेपालगञ्ज शाखा आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा प्रथम

कुमारी बैंकको नेपालगञ्ज शाखा आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा प्रथम


  • 2.0K
    Shares

    कुमारी बैंकको नेपालगञ्ज शाखा आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा प्रथम

    काठमाडौं । कुमारी बैंकको नेपालगञ्ज शाखा आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा प्रथम भएको छ ।

    बैंकको आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा नेपालगञ्ज शाखाले समूह ‘ख’ बाट प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
    बैंकले डिजिटल कारोबार अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग बढाउन यस्तो आयोजना गरेको हो ।

    बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । हाल आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल रहेका छ । यस्तै २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट सुविधाहरु दिँदै आएको छ ।

    बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १७:१२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij