Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर बनाउने पक्राउ

भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर बनाउने पक्राउ


  • 1.9K
    Shares

    भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर बनाउने पक्राउ

    भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । 

    तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको थियो ।

    कार्यालयदेखि करिब सात सय मिटरको दूरीको तीनकुने बाइपासमा सशस्त्र प्रहरी र भन्सारको संयुक्त चेकजाँच टोलीले शङ्का लागि पुनःभन्सार फर्काइ अनुसन्धान गर्दा भन्सार प्रज्ञापनपत्र नै नक्कली बनाइएको भेटिएको हो । 

    भन्सार कार्यलयले उक्त ट्रकसहित, चालक, आयतकर्ता, एजेन्ट, बैंकका कर्मचारी र भैरहवा भन्सारको सुरक्षा हेर्ने अन्नपूर्ण टर्मिनल्सका तीनजना कर्मचारी गरी ११ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख मनिराम पौडेलले बताए।

    उक्त माछा काठमाडौँ पठाउने गरी कृष्ण फिडले आयात गरेकोे थियो ।  क्वारेन्टिइनबाट माछाको स्वास्थ्य परीक्षणसमेत गराइएको भए पनि प्रज्ञापनपत्र भने नक्कली बनाइएको प्रारम्भिक अध्ययनबाट देखिएको छ । 

    भन्सारकै जाँचकी, अधिकृत कर्मचारीको नक्कली हस्ताक्षर, छाप, राजस्व बुझाएको भौचरसमेत नक्कली बनाएर गाडी निस्किएको थियो । सरकारी कागजात कीर्ते गरी भन्सारको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै ट्रक बाहिरिनु गम्भीर विषय भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । 

    उनले भने, “यो गम्भीर प्रकृतिको घटना हो यसप्रकारको घटनाले वैधानिक कारोबार गर्ने व्यवसायीलाई पनि मारमा पारिरहेको छ ।” भैरहवा भन्सारको सुरक्षाको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्सले लिएको छ । 

    उक्त प्रकरणमा संलग्नलाई भन्सार ऐन अनुसार कारबाही गरिसकेपछि उक्त अवैध कारोबारमा संलग्नलाई सरकारी कागजात कीर्तेको आरोपमा मुद्दा चलाउने प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १५:०१:१५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij