Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

८ अंकले बढ्यो नेप्से, १ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार

८ अंकले बढ्यो नेप्से, १ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार


  • 2.4K
    Shares

    ८ अंकले  बढ्यो नेप्से, १ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार

    काठामडौँ ।  सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अंकले बढेको छ । कारोबार समयमा केही घटेपनि अन्तिम समयसम्ममा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो । यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ ।

    यस क्रममा आज १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से ८ अंकले बढेको दिन आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दै १२ सय ४२ रुपैयाँमा पुगेको छ । यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशतले बढेर २६हजार ७०० रुपैयाँ पुगेको छ ।

    यस्तै, आज शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको सेयर ७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको हो । यसपछि सोल्टी होटलको सेयर ६ करोड १७ लाख रुपैयाँको किनबेच भएको छ ।

    परिसूचक बढेपनि आज व्यापार र बैंक समूहको सूचकमा भने गिरावट आएको छ । व्यापार समूह २० अंकले र बैंक समूह ०.२९ अंकले घटेका छन् । यसबाहेक आज कारोबार भएका सबै समूहको उपसूचक बढेका छन् ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १४:५२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij