Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

होस्टलमा बसेकी विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकद्वारा आत्मसमर्पण

होस्टलमा बसेकी विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकद्वारा आत्मसमर्पण


  • 2.5K
    Shares

    • images
    होस्टलमा बसेकी विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकद्वारा आत्मसमर्पण
    images

    दाङ । आफैले पढाउने विद्यार्थी बलात्कार गरेको आरोप लागेका शिक्षकले प्रहरी सामू आत्मसमर्पण गरेका छन् ।

    प्रहरी श्रोतका अनुसार शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीका शिक्षक खुमानन्द पौडेलले शनिबार बेलुकी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आत्मसमर्पण गरेका हुन् ।

    तर,दाङ प्रहरीले भने भागेर भारत पुगेका पौडेललाई काउन्टर पार्टसको सहयोगमा पक्राउ गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ । शिक्षक पौडेललाई गत चैत २० गते बेलुकी विद्यालयकै होस्टेलमा बस्ने १० कक्षामा अध्यनरत बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

    बलात्कारको आरोप लागेपछि शिक्षक पौडेल फरार भएका थिए । उनलाई इप्रकातुलसीपुरको हिरासत राखेर प्रहरीले अनुसन्धान थालेको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १६:०९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij