Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै


  • 1.8K
    Shares

    राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसोे बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ ।

    यही जेठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा आजको बैठक बस्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार आजको बैठकमा केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र, महामन्त्री भास्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय, प्रशिक्षण, सङ्गठन र ‘स्मार्ट’ पार्टी निर्माणसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - ०९:४१:०० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij