Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आजको राशिफल : २०८० जेठ ५ गते (शुक्रवार)

आजको राशिफल : २०८० जेठ ५ गते (शुक्रवार)


  • 5.7K
    Shares

    आजको राशिफल : २०८० जेठ ५ गते (शुक्रवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    पारिवारिक जमघट बढ्नाले आनन्दित भइनेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। 

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    कामको लागत बढ्नेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    विशेष भेटघाटले काममा उत्साह बढाउला। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    खर्च लागे पनि लामो यात्रा सम्भावना छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले सामाजिक प्रतिष्ठा दिलाउनेछ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    स्वास्थ्यबाधा हुनाले काममा लामो समय जुट्न नसकिएला। नतिजा सन्तोषजनक नआउन सक्छ। काममा बाधा हुनेछ। गलत निर्णयले जरिवानाको स्थितिसम्म पुर्याउने समय रहेकाले सजग रहनुहोला।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। काम बिग्रने परिस्थिति देखिएकाले शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। पुरानो सम्झौता तोड्नुपर्ने अवस्था आउला । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरू सँग सन्तुलित व्यवहार गर्नुहोला। 

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    प्रतीक्षा गरिएको काम बन्नेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - ०४:४६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij