Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

स्मार्टफोन रेड्मी १० अब छुट मूल्यमा

स्मार्टफोन रेड्मी १० अब छुट मूल्यमा


  • 1.8K
    Shares

    • images
    स्मार्टफोन रेड्मी १० अब छुट मूल्यमा
    images

    जेठ २ देखि जेठ १७ सम्म शाओमीले रेडमी -१० (२०२२) नेपाली  प्रयोगकर्ताहरूका लागि  विशेष  छुट मूल्यमा उपलब्ध गराउने भएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी १० मा अफर ल्याएको कम्पनीको भनाइ छ । 

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “ग्राहकहरूले सुपथ  मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौं । हामी विश्वस्त छौं कि रेडमी -१० (२०२२) को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ ।”

    रेडमी -१० (२०२२) ४ जीबी‍ + ६४ जीबी को वास्तविक मूल्य रु २०,४९९ रहेको छ । यस्तै  छुट पछि यसको मूल्य रु १९,९९९ कायम गरिएको कम्पनीको भनाइ छ । रेडमी १० (२०२२) ६जीबी +१२६ जीबी को वास्तविक मूल्य रु २३,९९९ रहेकामा छुटपछि मूल्य रु २२,९९९ पर्ने कम्पनीको भनाइ छ । 

    यो फोन  देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।  

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १७:०४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij