Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

‘म केपी ओलीको छोरा हुँ’ भन्दै मुख छोडेर बोल्नेले प्रदेश प्रमुख हटाएको प्रचण्ड समुहले गर्यो ठहर

‘म केपी ओलीको छोरा हुँ’ भन्दै मुख छोडेर बोल्नेले प्रदेश प्रमुख हटाएको प्रचण्ड समुहले गर्यो ठहर


  • 10.0K
    Shares

    ‘म केपी ओलीको छोरा हुँ’  भन्दै मुख छोडेर बोल्नेले प्रदेश प्रमुख हटाएको प्रचण्ड समुहले गर्यो ठहर

    काठमाडौं । नेकपाको प्रचण्ड-माधव समुहको शुक्रबार पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक चलिरहेकाले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएको खबर आएको थियो।

    'हाम्रो बैठक चलिरहँदा भर्खर प्रदेश २ का प्रदेश प्रमुखलाई हटाएको खबर आएको छ। यो प्रतिगमन र सेटिङको अर्को श्रृंखला हो,’ बैठकमा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"ले भनेका थिए।

    प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य रामचन्द्र झाले प्रदेश प्रमुख परियारलाई हटाउनुमा केही दिनअघि सार्वजनिक भएको नेपाल रेल्वे कम्पनीका प्रबन्धक गुरु भट्टराईको फोन अडियो कारण रहेको बताए।

    भट्टराईले ‘म केपी ओलीको छोरा हुँ’ भन्दै मुख छोडेर बोलेको उक्त अडियोमा बोल्ने व्यक्ति प्रदेश प्रमुखको सचिवालयमा रहेकाले प्रदेश प्रमुखलाई हटाइएको झाको दाबी छ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १६:४४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij