Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तीन दिनसम्म चलेको राप्रपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै, अध्यक्ष लिङ्देनले आज जवाफ दिने

तीन दिनसम्म चलेको राप्रपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै, अध्यक्ष लिङ्देनले आज जवाफ दिने


  • 2.1K
    Shares

    तीन दिनसम्म चलेको राप्रपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै, अध्यक्ष लिङ्देनले आज जवाफ दिने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक आज जेठ ३ गते बुधबार सकिँदैछ । काठमाडौँको धूम्रबराहीमा जेठ १ गतेदेखि सुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले आज पुनः बस्ने गरी बैठक स्थगित गरिएको थियो। 

    तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेको राजनीति प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए। सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ आज दिनेछन् ।

    अध्यक्ष लिङ्देनको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केही सदस्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनु गल्ती रहेको समेत बताएका थिए। हिजो बसेको बैठक ९ घन्टासम्म चलेको थियो भने सबै केन्द्रीय सदस्यहरूले ३–३  मिनेटमा आफ्नो धारणा राखेका थिए । 

    ‘यस्तो परिस्थितिमा सरकारमा सहभागी हुनु गल्ती नै हो,’ बैठकमा उठेको कुरा एक सदस्यले उद्धृत गरे ,‘सरकारमा गएर आफ्ना कुरा लागु गर्ने परिस्थितिबाहेकमा पुनःविचार गर्नुपर्छ। नेतृत्वले यसबाट पाठ सिकोस्।’

    बैठकमा महासचिव धवल शमशेर राणाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए। त्यस्तै कोषाध्यक्ष नीकलण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

    तीन वटा प्रतिवेदनमाथि सदस्यले बोल्ने क्रम सकिएको र आज दिउँसो बैठक सकिने प्रवक्ता सगुन लावतीले जानकारी दिए।

    ‘देशले राजनीतिक विकल्प खोजिरहेको छ, राप्रपालाई भरपर्दो विकल्पकोरूपमा प्रस्तुत गर्ने नयाँ योजनाका साथ बैठक सकिएको छ, आज निष्कर्ष सुनाउनेछौं,’ उनले भने।

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - ०६:४०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij