२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड भेट्न मंगलबार बिहान सभामुख घिमिरे बालुवाटार गएका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी भएको सभामुखलाई जानकारी गराएका थिए।
सभामुखले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउन आफूहरू तयारी अवस्थामै रहेको जवाफ दिएका छन् । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले संसद विचाराधिन विधेयक,बजेट र नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल भएको जानकारी दिए।
आजबाट संसदीय समितिहरूको बैठक सुरू भएकाले संसदले लय समातेको भन्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधिन विधेयकहरू टुंगो लगाउन सहज हुने बताएका छन् । प्रतिनिधिसभा अन्तरर्गतका संसदीय समितिहरू क्रियाशील भएका छन्। आज मात्रै १० वटा समिति बैठक बसेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij