२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।
सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुने भएको हो ।
यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेस गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेस गरेको सांगाठानिक र कोषाध्यक्षले पेस गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम पनि रहेको छ ।
अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाड्नु परेको जनाएका छन् । उनले पेस गरेको प्रतिवेदनमा हाल भइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको आरोप लगाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij