Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

 संसदीय सुनुवाइ समिति गठन गर्न नियमावली मस्यौदा समिति गठन 

 संसदीय सुनुवाइ समिति गठन गर्न नियमावली मस्यौदा समिति गठन 


  • 1.7K
    Shares

     संसदीय सुनुवाइ समिति गठन गर्न नियमावली मस्यौदा समिति गठन 

    प्रतिनिधिसभाको आजको बैठकले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ । 

    सांसद देवेन्द्र पौडेलले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्’भनी प्रस्ताव गरेका थिए । सो समिति १६ सदस्यीय छ । समितिले ७ दिनभित्र नियमावलीको मस्यौदा गर्नुपर्नेछ । सांसद पौडेलले गरेको सो प्रस्तावलाई सांसदद्वय ईश्वरी न्यौपाने र योगेश भट्टराईले समर्थन समर्थन गरेकी थिइन् । 

    त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट खानेपानीमन्त्री महिन्द्रराय यादवले ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई सदनको सर्वसहमतिले सम्बन्धित समितिलाई पठाइएको छ । 

    यस्तै, बैठकले २०६४ सालको संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बस्नेतको ७८ वर्षको उमेरमा गत वैशाख २९ गते शुक्रबार निधन भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते ११ बजे बस्नेछ । 

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १५:५९:२६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij